हेटौंडा सडक विस्तारमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

हेटौंडा टुडे
२०८२ मंसिर १९, शुक्रबार १५:२८ गते

हेटौंडा । हेटौंडा बजार क्षेत्रको सडक विस्तारमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

बिन्दबासिनी कंशकार समेतका व्यक्तिहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज कारण देखाउ र अल्पकालीन आदेश जारी भएको छ। सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सडक विस्तार सम्बन्धी रिट निवेदनमा छलफलका लागि बोलाउन आदेश गरेको हो । सर्वोच्चले मङ्सिर २६ गते पेशी तोकी छलफलमा बोलाउन भनेको छ । त्यस्तै सडक कार्यालयको सुचनाको विषयमा कार्यनयन नगर्नु यथास्थितिमा राख्नु भनि आदेश गरेको छ ।

डिभिजन सडक कार्यालय हेटौडाले मङ्सिर २० गतेबाट सडक विस्तारको काम सुरु गर्ने बताउँदै १५ दिने अल्टिमेटम सहित को सूचना प्रकाशित गरेको थियो। सूचना प्रकाशित भएपछि हेटौडाका केही घरधनीहरु आन्दोलित बनेका थिए । त्यसको विरुद्धमा गत १६ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। १६ गते दर्ता भएको रिट निवेदन १७ गते नै पेशी चढेको थियो। तर हेर्न नभ्याइनेमा परेपछि आज उक्त पेशी सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो ।

उनको एकल इजलासले आज कारण देखाउ र अल्पकालीन आदेश जारी भएको छ। रिट निवेदनमा डिभिजन सडक कार्यालय हेटौडा मकवानपुर , हेटौँडा उपमहानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर , सडक विभाग पाटनढोका ललितपुर , शहरी विकास मन्त्रालय सिंहदरबार काठमाडौँ  र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार काठमाण्डौँलाई विपक्षि बनाइएको छ । अब भोलिदेखि हुने भनिएको सडक विस्तार कार्य के हुन्छ भन्ने मा अलमल उत्पन्न भएको छ।

सूचनाको म्याद शुक्रबार राति सकिँदैछ भने प्रशासन र सडक कार्यालयले शनिबारदेखि सडक सीमा खाली गराउने गरी डोजर चलाउने तयारी गरेका थिए ।

May be an image of ticket stub, blueprint and text

May be an image of ‎ticket stub, blueprint and ‎text that says "‎सूचना कार्यनवयन नगरी यथास्थितिमा राकनु, राहून लगाउनु भनी प्रत्यर्थीहरुको नाममा स्वोच्च अदालत, नियमावली, २०७४ को नियम لا को उपनियम (२) को. देहाय (ख) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी" गरिदिएको छ| छसो सो को जानकारी प्रत्यर्थीहरुलाई दिई नियमानुसार गरनू حح_المامال न्यायधीश इति सम्वत् २०६२ साल मार्ग महिना १९ ते रोज शु.............‎"‎‎

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*