दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु

हेटौंडा टुडे
२०८२ मंसिर २४, बुधबार १२:५५ गते

हेटौंडा । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा मंगलबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको बसाहा थुलुङडाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*