प्रधानमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा अनशन बसे निकोलस भुसाल

हेटौंडा टुडे
२०८२ पुष ९, बुधबार १२:३२ गते

हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।  उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् । उनले प्रधानमन्त्री सुशीला कार्की सहित गृहमन्त्री ओमप्रकाश अर्यालको पनि राजीनामा माग गरेका छन् ।

जेन-जी आन्दोलनले उठाएका माग पूरा नगरेको भन्दै उनले ९ बुँदे माग अघि सारेका छन् ।

कार्की नेतृत्वको अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने लगायतका माग राखेर रविकिरण हमाल, भुसालसहितका युवा ३ दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*