मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ पुष ११, शुक्रबार ११:३९ गते

हेटौंडा । मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय  तुशल महतो रहेका छन् । मोटरसाइकल आफैं अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको हो ।

गएराति पौने तीन बजेतिर भरतपुरबाट पूर्व टाँडीतर्फ जाँदै गरेको बा प्र ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–९ टिकौली पूर्व-पश्चिम राजमार्गमा पल्टेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका माडी नगरपालिका–१ गर्दीका २० वर्षीय तुशल महतोको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल तुशलले चलाएको प्रहरीको भनाइ छ । उनको दाहिने खुट्टा र छातीमा भित्री चोट लागेको थियो ।

मोटरसाइकल पछाडि बसेका गर्दकै १९ वर्षीय अंकित महतोको ढाडमा चोट लागेको छ । गम्भीर अवस्थाका तुशल र सामान्य अवस्थाका अंकितलाई उपचारका लागि भरतपुरमा रहेको सेन्ट्रल अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा तुशल महतोको बिहान साढे तीन बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*