सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाको २ लाख ८२ हजार पुग्यो

हेटौंडा टुडे
२०८२ माघ ५, सोमबार ११:१४ गते

हेटौंडा । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कायम भएको हो ।

नेपाल सुुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*