हेटौंडा । नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो । आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । ताँदी आज तोलाको ६ हजार १९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलाको ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्






















