कुलेखानीमा खस्यो मिनरल वाटर बोकेको गाडी

हेटौंडा टुडे
२०८२ माघ १२, सोमबार १०:५७ गते

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर बोकेको आईचर गाडी इन्द्रसरोवरको कुलेखानी तालमा खसेको छ।

इन्द्रसरोबर -१ मार्खुचौरमा मार्खु तर्फ जादै गरेको मिनरल वाटर लोड भएको बा ३ ख ३९५४ नम्बरको आइचर मिनी ट्रक पानी झार्ने क्रममा अचानक सडकबाट १५ मिटर तल तालमा खसेर डुबेको मकवानपुर प्रहरीले जनाएको छ । ट्रक डुबेको स्थान पत्ता लगेको भएपनि निकाल्न कठिनाई भएको जनाइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट मार्खु, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपेश यादवको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। हाल आईचर गाडी तालको पानीमा डुबेर बाहिर नदेखिने अवस्थामा रहेको र निकाल्ने कार्यका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।

घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।

घटना भएको २ दिन ढिला गरी सोमबार मात्र मकवानपुर प्रहरीले घटनाको  जानकारी गराएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*