निर्वाचनमा बढ्दो राजनीतिक चेतना, लोकतन्त्र थप सबल

हेटौंडा टुडे
२०८२ माघ १२, सोमबार १४:४२ गते

हेटौंडा । निर्वाचन लोकतन्त्रको मुटु हो । यही समय हो, जब लोकतन्त्रको वास्तविक शक्ति साधारण जनतामा केन्द्रित भएको स्पष्ट रूपमा देख्न सकिन्छ ।

राजनीतिक नेता ती साधारण जनताद्वारा चुनिएका सामान्य व्यक्तिहरू मात्र हुन्छन् । मतदान प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो । जसले राष्ट्रको भविष्य निर्धारण गर्छ र त्यसको मार्ग परिवर्तन गर्न सक्छ । निर्वाचन लोकतान्त्रिक सरकारको सुरुवात हो, जसले प्रत्येक नागरिकको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ र सबैको आवाज सुनिनुपर्छ ।

जित्ने उम्मेदवारले आफूलाई मतदान नगर्ने अल्पसंख्यक समूहको पनि आवाज बन्नुपर्छ । त्यसैले लोकतन्त्र बहुमतको शासन भए पनि अल्पसंख्यकलाई बेवास्ता गर्न मिल्दैन ।

जेन–जी आन्दोलन पछि नागरिकस्तरमा राजनीतिक चेतनाको स्तर उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। मतदाता आफ्नो अधिकार र कर्तव्यप्रति सजग बन्दै उम्मेदवारको पृष्ठभूमि, एजेन्डा र नीतिगत प्रतिबद्धताबारे चासो लिन थालेका छन्।

विशेषगरी युवा, महिला तथा पहिलो पटक मतदान गर्ने मतदाताहरूको सक्रिय सहभागिताले निर्वाचनलाई थप अर्थपूर्ण बनाएको छ। सामाजिक सञ्जाल, छलफल कार्यक्रम तथा सार्वजनिक बहसमार्फत मतदाताहरूले सचेत निर्णय लिने अभ्यास गर्दै आएका छन्।

राजनीतिक चेतना बढेसँगै मतदातामा जिम्मेवारीबोध पनि बढेको सरोकारवालाहरू बताउँछन्। यसले गलत सूचना, लोभ–लालच र दबाबको राजनीतिलाई क्रमशः कमजोर बनाउँदै लैजाने विश्वास गरिएको छ।

त्यसैगरी, सचेत मतदाताको सहभागिताले मात्र स्वच्छ, निष्पक्ष र उत्तरदायी शासन व्यवस्था गर्न सहयोग पुग्छ। निर्वाचनमार्फत जनताले आफ्नो मतको मूल्य बुझ्दै जानु लोकतन्त्रको लागि सकारात्मक संकेत मानिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*