हेटौंडामा बिहानै देखि धुम्म, केही स्थानमा हल्का वर्षाको सम्भावना

हेटौंडा टुडे
२०८२ माघ १४, बुधबार १३:३३ गते

हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।

बुधबार बिहान देखि नै देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।

आज राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*