हेटौंडा । बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ३९ हजार ३०० कायम भएको छ।
अघिल्लो दिन बुधबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। तोलामा २०५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सोही परिमाणको चाँदी ७ हजार ३०० रुपैयाँ मा खरिदबिक्री भएको थियो।
सेयर गर्नुहोस्






















