हेटौंडा । आज माघ २८ गते बुधवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँ रहेको थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गरेको छ ।
सेयर गर्नुहोस्






















