हेटौंडा । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोटभन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । परिवर्तनको उद्घोष सभालाई बुधबार धनगढीमा सम्बोधन गर्दै उनले सुदूरपश्चिमको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।
‘सुदूरपश्चिमबासीले देखेको सपना पूरा गरेरै छाड्छौँ । स्वास्थ्य,शिक्षा लगायतका समस्या समाधान गर्छौँ । दुई वर्षमा बन्ने बाटो २० वर्षमा बनेन । त्यो पूरा गर्ने हो हाम्रो एजेन्डा हो’, उनले भने, ‘कांग्रेस, एमाले हिँड्ने बाटो बनाउने हो ।
आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए । सभामा उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको दाबी गरे । ‘राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है,’ उनले भने । ‘तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूर बनाउँछ । भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनुस्। काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । सुदूर अब दूर नाईं झिक्कै झिक्कै माया तमलाई।’
उनले भोट नदिएपनि रास्वपाले काम गरेर देखाउने बताए ।
















