आइतबार ५६ सयले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ फाल्गुन १०, आईतवार ११:२३ गते

हेटौंडा ।  नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ६ सय रूपैयाँले बढेर ३ लाख १० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य स्थिर रहेर तोलाको ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३ सय ७५ रूपैयाँले बढेर चाँदी ५ हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*