मकवानपुरमा दुई वटा अस्थायी मतदानस्थल

हेटौंडा टुडे
२०८२ फाल्गुन ११, सोमबार ११:४१ गते

हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा दुई वटा अस्थायी मतदानस्थल स्थापना गरिएको छ।
भीमफेदी-५ मा रहेको भिमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुर गरी एक-एक वटा अस्थायी मतदानस्थल रहने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरीप्रसाद ढकालले बताएका छन्। क्षेत्र नम्बर २ अन्तर्गत भिमफेदी कारागर र क्षेत्र नम्बर १ अन्तर्गत प्रशासन कार्यालयमा रहने  अस्थायी मतदानस्थलका लागि कुल ३ हजार ३०७ मतदाता कायम गरिएको छ ।
भीमफेदी कारागारमा ९ सय ९५ कैदीबन्दी रहे पनि मतदाता नामावलीमा ७५ जनाको मात्र नाम समावेश छ, जसमा ३ जना महिला र ७२ जना पुरुष रहेका छन्। अन्य कैदीबन्दीको नाम मतदाता सूचीमा नरहेको कारागार स्रोतले जनाएको छ। अस्थायी मतदानस्थलका मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*