हेटौंडा । पर्साको वीरगञ्जमा तीन जना सुतली बम र सुँगुरको टाउको सहित पक्राउ परेका छन्। चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
पक्राउ परेकाबाट ९ वटा सुतली बम, सुँगुरको टाउको एउटा र १० मिटर वायरिङ तार बरामद गरेको छ। पक्राउ परेका तीन जनाको परिचय प्रहरीले खुलाइसकेको छैन।
विशेष सूचना पाएपछि निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोली खटिएको थियो।
सेयर गर्नुहोस्


















