हेटौंडा । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि शुरु हुने भएको छ ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आगामी चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुने जनाएको हो । क्यानका अनुसार, प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदान, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला, पर्सा र जनकपुरमा आयोजना हुनेछ ।
प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । ‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने तालिका तय भएको छ ।
सेयर गर्नुहोस्

















