मकवानपुरको राक्सिराङमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८३ बैशाख ११, शुक्रबार १०:४६ गते

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
विहिबार सोही वडाको जलकुना खोलामा जमेको पानीमा नुहाउने क्रममा डुबेर राक्सिराङ गाउँपालिका–८ पाङथलीका अन्दाजी ६५ वर्षीय हरीबहादुर ब्लोनको डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*