हेटौंडा। नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने आज बढेको छ । आज सुन तोलाको ९०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलो २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्





















