हेटौंडामा रास्वपा बागमती प्रदेश अधिवेशन हुँदै, सभापति रवि लामिछाने सहभागी हुने

हेटौंडा टुडे
२०८३ जेष्ठ २५, सोमबार १२:२५ गते

हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन मंगलबार हेटौँडामा हुने भएको छ । रास्वपा बागमती प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । अधिवेशन हेटौंडा–१ स्थित हिमालयन दरबारमा हुनेछ।

अधिवेशनका लागि प्रदेशका १३ जिल्लाबाट प्रतिनिधिहरू छनौट भएर आउने रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सांसद डा.अच्युत्तम लामिछानेले जानकारी दिए । पहिलो प्रदेश अधिवेशन प्रदेश राजधानी हेटौंडामै आयोजना गर्न लागिएकाले पार्टीको विचार, सिद्धान्त र सङ्गठनात्मक सन्देश जनस्तरसम्म पुर्याउन सहज हुने उनले बताएका छन ।
प्रदेशका १ हजार १२१ वडामध्ये करिब ९०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै पालिकामा पार्टीको संगठन विस्तार भएको छ । अधिवेशनमा पार्टी सभापति रवि लामिछाने सहित केन्द्रीय नेतृत्वको समेत उपस्थिति रहने भएको छ ।
अधिवेशनबाट रास्वपा बागमतीको नयाँ प्रदेश नेतृत्व चयन गरिनेछ। नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास हुने भए पनि आवश्यक परे निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने जानकारी दिएका छन् ।

अधिवेशनमा सर्वसाधारणका लागि खुला सभा नरहे पनि पार्टीका प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक गरी करिब ४ हजार जनासम्मको उपस्थिति हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*