हेटौंडा। चलचित्र विकास बोर्डले पछिल्लो आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, फिल्म ‘रोल नं १’ को कमाइ १ करोड नजिक पुगेको छ। ‘रोल नम्बर १’ को कमाइ ९४ लाख ९१ हजार ६८० रुपैयाँ ग्रस छ । यसलाई ३१ हजार ७८८ जनाले हेरेका छन् ।
त्यसैगरी ‘लालीबजार’को कमाइ पौने ९ करोड हाराहारीमा देखिन्छ । यम थापा निर्देशित फिल्म ‘लालीबजार’ ले पछिल्लो शनिबारसम्म ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मलाई २ लाख ९८ हजार २२७ जनाले हेरेका छन् ।
‘मितज्यू’ले १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई ४५ हजार ५३३ जनाले हेरेका छन् ।
फिल्म ‘काजी’को कमाइ ४४ लाख ३८ हजार ९८५ रुपैयाँ ग्रस छ । यो फिल्मलाई १४ हजार २६९ जनाले हेरेका छन् ।
‘लाइफ ड्यामेज’ले ३४ लाख ४० हजार १५ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ११ हजार २४८ जनाले हेरेका छन् ।
‘परालको आगो’ले ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई १ लाख ५४ हजार १३६ जनाले हेरेका छन् ।
‘कुम्भ’ले ३ लाख ३२ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ । यसलाई १४ सय ९४ जनाले हेरेका छन् । ‘रोल नं १’ सँगै रिलिज ‘कुम्भ’ भने बक्स अफिसमा निकै कमजोर देखिएको छ। रन्धिर श्रेष्ठको निर्देशन रहेको ‘कुम्भ’ मा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रूम्बा, सुशील पोखरेल, रोबर्ट सिंहलगायत कलाकारहरूको अभिनय छ। यो एक्सन जनराको फिल्म हो। यसको निर्माता रन्धीर श्रेष्ठ र राजेश शाह हुन्।





















