प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

हेटौंडा टुडे
२०८३ जेष्ठ २५, सोमबार १०:१६ गते

हेटौंडा। प्रतिनिधि सभाको बैठक बस्दैछ। बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभा बैठक बोलाइएको छ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ। बजेटमाथिको छलफलसँगै विभिन्न विधेयकहरू पेश गर्ने कार्यक्रम तय गरिएको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।बजेटमाथि सांसदहरूले राखेका जिज्ञासा र छलफलका क्रममा उठेका प्रश्नहरूको जबाफ समेत अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ।

व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ प्रश्तुत गर्न अनुमति माग्ने र ती विधेयकहरू सदनमा पेस गर्नेछन्।

साथै, ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक पेश गर्ने कार्यसूची समेत तय भएको छ।

यसैगरी, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*