रवि लामिछानेको मुद्धा पूर्ण इजलासमा पठाउन आदेश

हेटौंडा टुडे
२०८२ फाल्गुन २७, बुधबार १३:४५ गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय रोक्न दायर रिट पूर्ण इजलासमा पठाउन आदेश भएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो रिट आउँदो चैत १ गतेका लागि पूर्ण सुनुवाइका लागि पठाउन आदेश दिएको हो ।अब यो रिटमा सर्वोच्चका तीन वा तीनभन्दा बढी इजलासमा प्रारम्भदेखि नै सुनुवाइ हुने भएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*