बिहिबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन २८, बिहीबार ११:२८ गते

हेटौंडा । बिहिबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ५१५ निर्धारण भएको छ। हिजो बुधबार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*