बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा घिमिरे नियुक्त

हेटौंडा टुडे
२०८२ चैत्र ३, मंगलवार १०:५४ गते

हेटौंडा। बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ । आयोगको रिक्त पदमा काठमाडौं-१० नयाँबानेश्वर निवासी घिमिरेलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य घिमिरेलाई शपथ ग्रहण गराएका छन् ।

शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख देवकोटा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगरलगायतको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*