रवि लामिछानेको अभियोग संशोधन विवाद : आज पनि सुनुवाइ हुँदै

हेटौंडा टुडे
२०८२ चैत्र ३, मंगलवार ११:१२ गते

हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ। आइतबारदेखि यो रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएको हो।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाइ हुँदै आएको छ। आइतबार र सोमबार बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो। यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासले नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको  थियो।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेविरुद्ध यसअघिको सरकारका पालामा लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध लगाइएको अभियोग संशोधनको निर्णय गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*