बालेन शाहले चैत १३ गते दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने

हेटौंडा टुडे
२०८२ चैत्र ११, बुधबार १५:५५ गते

हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा  शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्नेछन्।

शपथ ग्रहण समारोह विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिनेछ । कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ । त्यस्तै, १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

प्रधानमन्त्रीको शपथपछि बालेनले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*