ओली, देउवा र प्रचण्डको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

हेटौंडा टुडे
२०८२ चैत्र १५, आईतवार १३:२२ गते

हेटौंडा।  तीन पूर्व प्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान गर्न थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।  सम्पत्तिमाथि अनुसन्धान गर्ने सिलसिलामा आज बिहान पूर्वमन्त्री दीपक खड्कालाई पनि नियन्त्रणमा लिइसकेको छ।

जेन जी आन्दोलनको क्रममा जलेको देउवाको घर समेत प्रमाण नष्ट हुन सक्ने आशंकामा भत्काउने क्रमलाई प्रहरीले रोक लगाएको छ।  भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो । पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो ।

अहिले त्यही अनुसन्धानलाई थप तिव्रता दिइएको हो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*