ओलीको रिहाइ माग गर्दै एमालेको आज पनि प्रदर्शन

हेटौंडा टुडे
२०८२ चैत्र १६, सोमबार १४:२८ गते

हेटौंडा । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइ गर्न माग गर्दै आज पनि एमालेले प्रदर्शन गरिरहेको छ । पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिँदै ओलीलाई तत्काल रिहा गर्न माग गरेका हुन्।माइतीघरमा आज एमालेका पदाधिकारी निस्किएका छन् । ओलीमाथि प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै तत्काल छाड्न उनीहरूको माग छ ।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरूद्ध नाराबाजी गर्दै ओलीलाई बिना सर्त रिहा गर्न माग गरेका थिए। पार्टीका नेताहरूले ओलीमाथि गरिएको व्यवहार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको दाबी गरेका छन्।

एमालेले ओलीको रिहाइका लागि देशका विभिन्न स्थानमा विरोध कार्यक्रम जारी राख्ने जनाएको छ।

May be an image of one or more people and crowd

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*