एकै दिन ६ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ चैत्र १७, मंगलवार ११:१४ गते

हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ६ हजार ७०० र चाँदीको मूल्य १४५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८३ हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७०० रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*