हेटौंडा। नेकपा एमालेका सचिव महेश बस्नेतले आफूमाथि झुटो व्यक्ति खडा गरी झुटा मुद्दा लगाएर फसाउने प्रयास गरिएको टिप्पणी गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार (चैत १७) सचिवालय बैठकमा जाने क्रममा उनले पत्रकारसँग भने, “शिवरात्रिमा बाल्ने आगोमा सुरुमा झिँजा बल्छ अनि बल्ल मुढा बल्छ । मुढा बल्ने दिन आउँदै छ ।”
बालेन सरकारले फरक विचार राख्ने राजनीतिक दल र व्यक्तिलाई दबाबमा राख्ने रणनीति अपनाएको उनले आरोप लगाएकाछन्। प्रधानमन्त्री बालेन्द्र शाहले सुरुमै अधिनायकवादी र निरंकुश शासन देखाएको पनि उनले बताएका छन्।
सेयर गर्नुहोस्
















