बजेट भाषण प्रतिनिधिसभाको नयाँ हलमा गर्ने तयारी

हेटौंडा टुडे
२०८३ बैशाख २४, बिहीबार १६:१३ गते

हेटौंडा । आउँदो आर्थिक वर्षको बजेट प्रतिनिधिसभाको नयाँ हलमा प्रस्तुत गर्ने तयारी गरीएको छ । संघीय संसद्‌को आगामी बजेट अधिवेशन (वर्षे अधिवेशन) आगामी वैशाख २८ गतेका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले अधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ ।

सिट व्यवस्थापन चुनौतीपूर्ण नरहेको र फ्लोरिङको काम सकिनेबित्तिकै आन्तरिक व्यवस्थापन मिलाइने सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार नयाँ संसद्‌बाट बजेट भाषणको कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । नयाँ संसद् भवन निर्माण सम्पन्न नभइसकेको भएपनि निर्माण पक्षले जेठ १५ सम्म प्रतिनिधि सभाको सभा कक्ष उपलब्ध गराउन सकिने गरी काम भइरहेको जनाएको प्रवक्ता गिरीले जानकारी दिए ।

सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माणाधीन छ । त्यहीँ बनाइएको बहुउद्देश्यीय हलमा यसअघिको प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको थियो । निर्वाचनपछिका बैठक र सांसदको शपथग्रहण सोही हलमा अस्थायी रूपमा तयार पारिएको बैठककक्षमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*