आइतबार सुनको मूल्य १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८३ बैशाख २७, आईतवार ११:३७ गते

हेटौंडा । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजारले घटेको छ भने  चाँदीको मूल्य भने २५  रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन २ लाख ९९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार २७५ मा  खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*