हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताएका छन् । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ ।
त्यसैगरी, उनले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दाबी गरेका छन् । सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘पोष्ट बजेट’ छलफलमा बोल्दै उनले बजेटको आकारलाई लिएर बजारमा भइरहेका भ्रमहरू चिर्नुपर्नेमा जोड दिए ।
आफू मन्त्रालयमा आएको डेढ-दुई महिना मात्र भए पनि तीव्र गतिमा काम गर्नु परेकाले समय र स्रोतको चरम दबाबका बीच बजेट निर्माण गरिएको उनले स्पष्ट पारे । नीतिगत प्रस्तावहरूको सबल र दुर्बल पक्षबारे पर्याप्त अध्ययन नगरी अघि बढ्न उपयुक्त नहुने ठानेर कतिपय जटिल विषयहरू आगामी वर्षका लागि राखिएको उनले बताए । सरकारले पाँच वर्षको कार्ययोजना बनाएर अहिले जग र थिति बसाल्ने कार्यलाई प्राथमिकता दिएको र अर्को वर्ष थप परिष्कृत एवं परिमार्जित योजनाहरू ल्याउने उनले विश्वास व्यक्त गरे । यस पटक सजिलै गर्न सकिने, पहिलेदेखि छलफलमा रहेका र विवाद नहुने खालका विषयहरूमा मात्र बढी ध्यान दिइएको उनले बताए ।
आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठुलो आँटका साथ लगाएको उनले बताए । ‘विगतमा कुरा भए पनि कसैले आँट गर्न नसकेको अवस्था थिएन,’ उनले भने ।
साथै, उनले विद्युतमा लागाइएको भ्याट बारे बोल्दै आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठुलो आँटका साथ लगाएको उनले बताए । ‘विगतमा कुरा भए पनि कसैले आँट गर्न नसकेको अवस्था थिएन,’ उनले भने ।
उनले यदि सबै निःशुल्क हुने वा वितरण मात्र हुने हो भने भेनेजुएलाको हालत हुने भन्दै सरकारले उपभोगमा आधारित करमा गइएको सुनाए । उनले भने, ‘आयमा आधारित कर भन्दा उपभोगमा आधारित करतर्फ अगाडि बढाइएको हो ।’ बजेटले ५ वर्षका लागि नीतिगत दिशा तय गरेको बताए । उनले भने, ‘गुड आइडिया, असल नियतका साथ अर्थतन्त्रमा इँटा थप्ने काम गर्छौं ।






















