प्रदेश प्रहरी प्रमुख लामालाई स्वतन्त्र जनदबाब अभियानले ज्ञापनपत्र बुझायो

हेटौडा टुडे
२९ जेष्ठ २०७७, बिहीबार १५:४०

जेठ 29, हेटौंडा

गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा हेटौडाको बुद्ध चोकमा ५ दिने हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमको अन्तिम दिन आज प्रदेश पहरी महानिरिक्षक बसन्त लामालाई स्वतन्त्र जनदबाब अभियानले ज्ञापनपत्र बुझाएको छ ।रुकुम चौरजहारी सामुहिक हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले प्रदेश पहरी महानिरिक्षक बसन्त लामालाई स्वतन्त्र जनदबाब अभियानले ज्ञापनपत्र बुझाउनु भएको हो । ज्ञापन पत्र बुझ्दै उहाले दोषीमाथि कारवाही गराउन आफुले पहल गर्ने बताउनु भयो।साथै उहाले यस्ताखाले घटनामा राजनीतिक घुसपैठ नहुने हो भने मात्रै आफुहरुलाई काम गर्न सहज हुने उल्लेख गर्नु भएको छ । सम्बन्धित सरोकार निकायहरुलाई ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउंदै जाने अभियन्ता भुमिनन्द गौतमले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*