कतारबाट १ सय ४७ नेपाली स्वदेश फर्के

हेटौंडा टुडे
१९ असार २०७७, शुक्रबार २१:०६

असार १९ , कतार

कतारको दोहाबाट पहिलो चरणको आठौं उडानबाट आज १ सय ४७ जना नेपालीहरू स्वदेश फर्केका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको आठौं उडान मार्फत ६ जना महिला सहित १ सय ४१ जना पुरुष लिएर नेपाल वायु सेवा निगमको जहाज स्वदेश फर्केको हो । कोविड–१९ को समयमा मृत्यु भएका दुई जना नेपालीको शव पनि सोही उडान मार्फत नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ । कतारको समय अनुसार विहान १ बजेर ४५ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा नेपाली समय अनुसार विहान ९ बजेर १० मिनेटमा नेपालमा अवतरण भएको थियो ।

कतारको दोहा स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट नेपाल वायु सेवा निगमको आरए २३९२ को उडानबाट प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई स्वदेश लगिएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

तस्विर सौजन्यः नेपाली राजदूतावास दोहा कतार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*