भिडियोमा देशको राष्ट्रिय झन्डा जलाउनेलाई सामाजिक सन्जांल मार्फत कारबाहीको माग

हेटौडा टुडे
२ भाद्र २०७७, मंगलवार १३:४३

 

हेटौंडा ।  Mongol Hop Offical युटुब च्यानलले अपलोड गरिएको “देशद्रोही” म्युजिक भिडियोमा बाहुन क्षेत्री र हिन्दुलाई लुटेरा र मगन्ते भन्दै गाली गर्दै गरेको युट्वमा म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा छायांकन गरिएको भिडियोमा बाहुन क्षेत्रीलाई गालि गर्दै भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाईएको तस्विर छ ।

भिडियोमा मकवानपुरको पूर्वी बागमती गाउँपालिका वडा नंबर ३ को सल्लेनी स्थित विष्णु आधारभूत विद्यालयको क्षेत्र देखिएको छ । यसैगरि बागमती गाउँपालिकाकै केहि स्थानहरु देख्न सकिन्छ ।  भिडियोमा नेपालका पूर्वराजा पृथ्वीनारायण शाह तथा ज्ञानेन्द्र शाह यसैगरि नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतको तस्विर जलाईएको छ । नेपालको राष्ट्रिय झन्डा जलाएको “देशद्रोही” म्युजिक भिडियोमा लाईक भन्दा डिस्लाईक हजारौ गुणा बढी देख्न सकिन्छ । भिडियो निमार्णकर्तालाई गलत गरेको भन्दै सामाजिक सन्जाल प्रयोगकर्ताहरुले सामाजिक सन्जाल मार्फत गालि गर्दै कारबाहिको माग गरेका गर्दै सामाजिक सन्जांलमा यस्तो लेखेका छन ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*