भिमफेदीमा रोकियो बाल विवाह

हेटौडा टुडे
३० भाद्र २०७७, मंगलवार ०९:३५

 

हेटौंडा / मकवानपुरको भिमफेदी गाउँपालिकामा एक जोडी बालविवाहमा रोक लगाइएको छ । भिमफेदी वडा नं. १ का १९ वर्षिय किशोर र गढि गाउँपािलका वडा नं. १ की १५वर्षिय बालिका बिच हिजो हुन लागेको विवाहस्थलगत भ्रमणबाट रोकिएको सिविन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

सिविन नेपालद्धारा संचालित बाल हेल्पलाइनको पैसा नलाग्ने फोन १०९८ मा उक्त बालविवाह हुन लागेको भन्ने गोप्य सूचना प्राप्त भए पश्चात् बालविवाह रोकथामका लागि भिमफेदी–१ का वडा अध्यक्ष श्याम कुमार बल, गढि गाउँपािलका वडा नं. १ का वार्ड अध्यक्षआइत सिंह लो, गढि गाउँ गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा,सिविन बाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवाली, सामाजिक विकास मन्त्रालयका बाल विवाह मुक्त प्रदेश अभियानका सहजकर्ता पबिना लामाको टोली घटना स्थलमा पुगेर विवाह रोकिएको हो ।

विवाह हुन लागेका केटा र केटी दूवैपक्षकाअभिभावक र सरोकारवालाहरुको रोहवरमाटोली बाट सहजीकरण भएको व्यापक छलफल तथा अन्तरक्रियाबाटअन्तमा दूवै पक्षले बाल विवाह नगर्ने समुदाय समक्ष प्रतिबद्धता जाहेर गरेपछि उक्त विवाह रोक्न सफल भएको गढी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापाले बताउनु भयो ।

छलफलमा बालविवाह, यसका कानुनी प्रावधान, सचेतना तथा स्थानीय तहको बालमैत्रीअभियानमा बालविवाहले पार्ने असर तथा चुनैतिका बारेमा उपस्थिति सबैलाइ जानकारी गराइएको भिमफेदी १ वडा अध्यक्ष श्याक कुमार बलले बताउनुभयो ।बालहेल्पलाइन मा विगत ८ महिनाको अवधिमा ७० वटा बालविवाह सम्बन्धि घटना दर्ता भएकोमा ६० वटा विवाह बदर भएको हेल्पलाइनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*