हेटौंडा । मकवानपुरमा लागुऔषध सहित एकजनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान करिब ६:१० बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका -९ स्थित हरियाली सामुदायिक जगंल क्षेत्रको भित्री बाटोमा संका लागी राक्सिराङ गाउँपालीकाबाट हेटौंडा तर्फ आउदैँ गरेको बा.३ च २०५४ नम्बरको पिकअप गाडि चेकजाँच गर्ने क्रममा उक्त गाडीको पछाडी लोड गरी ल्याएको २७ प्याकेट लागुऔषध (गाँजा) फेला परेको प्रहरीले जनाएको छ। गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका बस्ने अन्दाजी २० बर्षको अक्कल प्रसाद स्याङतानलाइ गाडी सहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गरीएको गाँजाको तौल करीब १७१ किलो २१ ग्राम रहेको छ। यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्


















