सय रुपैयाँको नयाँ नोट आजदेखि बजारमा

हेटौडा टुडे
७ आश्विन २०७६, मंगलवार २२:०२

नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशता सहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला रहेको छ। साथै अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप त्यस्तै नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने सगै नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र पनि रहेको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

उज्यालो अनलाईनबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*