शुक्रबार सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

हेटौंडा टुडे
२०८२ चैत्र २०, शुक्रबार ११:०० गते

हेटौंडा। नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हिजोकै दरमा कायम भएको छहो ।  तर चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको महासंघको भनाइ छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ।

यता, हिजो प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*