सञ्चारकर्मि ढकाल सञ्चार क्षेत्र सँगै व्यवसाय पनि

हेटौडा टुडे
२ मंसिर २०७६, सोमबार ११:२४

 मङ्सिर०२,हेटौडा

सञ्चारकर्मी अविसेक ढकाल सञ्चार क्षेत्र सँगै आफ्नो व्यबसाय पनि सुरु गरेका छन । उनले दाजुभाइ फ्रेश मिट शप जहाँ कुखुरा, खसिको मासु लगाएत तरकारी,फलफुल,ध्यु,पनिर जस्ता दैनिक भान्सा मा प्रयोग हुने तरकारिका आईटमहरु बेच्न राखेका छन ।
ढकालका अनुसार त्यस क्षेत्रमा बसोबास गर्नै मानिस लाई मासु लिन जानको लागि लामोदुरि हिड्नु पर्नै र फ्रेस तरकारि हरु नपाईने जस्तो गुनासो ले व्यबसाय सुरु गरेको बताउछन।

उनले आफ्नै निजिनिवास हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा दाजुभाइ फ्रेस मिट शप नामाकरण गरि व्यवसाय सुरु गरेका छन।
उनको सञ्चार क्षेत्रमा पनि त्यतिकै झुकाव छ। ढकाल रेडियो सरोवर हुदै हाल शक्ति एफएम मा कार्यरत छन । उनले बिगत ४ बर्ष देखि सञ्चार क्षेत्रमा कुशल मार्केटिङ को रुपमा आबध्द छन ।

उनले हेटौंडा टुडे सँग यसोपनि भन्छन, “आफ्नै देशमा कुनै एउटा व्यबसाय अँगालेर निरन्तरता दिए अबश्य सफल होईन्छ विदेशी गइरहन जरुरत छैन ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*