बलात्कार आरोपमा पोखरामा एसएसपी पक्राउ

टुडे संवादाता
३१ असार २०७७, बुधबार २२:०७

असार ३१,पोखरा /चितवनकी एक महिलालाई बलात्कार आरोपमा नेपाल सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफू बालात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा ती महिलाले उजुरी दिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले बताए ।

‘चितवनकी एक महिलाले दिएको उजुरी आधारमा उहाँलाई नियन्त्रणमा लिएका छौं,’ एसपी श्रेष्ठले भने । पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर घटनाबारे जानकारी दिएको र त्यसपछि प्रहरीले घटनास्थलमै पुगेर एसएसपी अधिकारीलाई पक्राउ गरेको उनले बताए।

एसपी श्रेष्ठले ती महिलाको स्वास्थ्य जाँच, प्रमाण संकलन तथा थप अनुसन्धान भइरहेको जानकारी दिए । स्याङ्जाका अधिकारी १ वर्षदेखि लामापाटनमा कार्यरत रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुभाष हमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*