साउन१०,हेटौंडा /लियो क्लब अफ भुटनदेबी वर्ष २०२०/२१ को पद हस्तान्तरण कार्यक्रम शनिबार (आज) हेटौंडामा भएको छ ।
कार्यक्रममा प्रहरी निरिक्षक ईश्वरी प्रसाद भण्डारी सम्मानित हुनुभएको छ । सामाजिक कार्यमा समन्वय , सुरक्षा ब्यबस्थापनमा निरन्तर सहयोग गरेको भन्दै वडा प्रहरी कार्यालय हेटाैैंडा मकवानपुरका प्रहरी निरिक्षक भण्डारी लाई लियो क्लब अफ भुटनदेबीले सम्मान गरेको हो ।
सेयर गर्नुहोस्