दोश्रो सन्तानको रहर पूरा गर्दै करीना

हेटौडा टुडे
२९ श्रावण २०७७, बिहीबार १७:२२

काठमाडौं/बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बन्दै छिन् । यसको जानकारी करीना कपुर र उनका पति सैफ अली खानले अफिसियल पेजमा विज्ञप्ती निकालेर जानकारी दिएका छन् । उनीहरुले जारी गरेका विज्ञप्तीमा धेरै कलाकारहरुले बधाई दिइरहेका छन् ।

ऋषि कपुरको छोरी रिद्धिमा कपुरले पनि सामाजिक सञ्जालमा उनलाई बधाई दिएकी छिन् । अनिल कपुरको छोरी रीया कपुरले पनि बधाई दिएकी छन् । रियाले करीनासँगको तस्वीर सेयर गर्र्दै बधाइ दिएकी हुन् ।

करिना कपुर सेफ अलि खानको दोस्रो श्रीमती हुन् । सैफको पहिलो पत्नी अमृता सिंह हुन् । सेफ र अमृताको दुई बच्चा पनि छन् । सेफ र करीनाको पनि हालसम्म एउटा छोरा छन् उनको नाम तैमुर अली खान हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*