भारत/भारतमा पछिल्ला दिनहरुमा प्रत्येक दिन हजारौँको संख्यामा कोरोनाभाइरस संक्रमित थपिन थालेका छन् । पछिल्लो २४ घन्टामा भारतमा ७८ हजार ५ सय १२ जना कोरोनाभाइरस संक्रमति थपिएका छन् । यो भारतमा अहिलेसम्म एकै दिन थपिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।
भारतमा यही समयमा ९ सय ७१ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । योसँगै अब भारतमा ६४ हजार ४ सय ६९ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयको दिएको जानकारीअनुसार अब भारतमा ३६ लाख २१ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये २७ लाख ७४ हजारभन्दा बढीले कोरोना जितिसकेको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सेयर गर्नुहोस्
















