मनहरी गाउँपालीकाले तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगीता आयोजना गर्ने

टुडे संवादाता
१९ मंसिर २०७७, शुक्रबार १५:४३

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालीकाले तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ ।
मनहरी खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत यही मंसिर २७ गतेबाट प्रतियोगिता सुरु हुने जानकारी दिएको हो ।

प्रतियोगिता मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मदन भण्डारी रंगशालामा हुनेछ । करिब ७ लाख १७ हजार अनुमानित खर्चमा प्रथम हुनेले १ लाख र द्धित्तीय हुनेले ५० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड,प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ९ वटै वडा कार्यालयबाट सिफारिस भएका टिम सहभागी हुनेछन ।

पत्रकार सम्मेलनमा पालिका अध्यक्ष एकराज उप्रेतीले पछिल्लो समय जित्नका लागि बाहिरबाट खेलाडीहरु ल्याउने प्रचलन भईरहेकाले त्यसलाई निरुत्साहित पार्न वडाको सिफारिस र वडाकै नागरिक हुनुपर्ने प्रावधान राखिएको बताएका छन् । अध्यक्ष उप्रेतीका अनुसार आगामी दिनमा गाउँपलिकाले पालिका स्तरीय खेलकुद प्रतियोगिता समेत गर्ने लक्ष्य लिएको बताएका छन् ।
कार्यकारी प्रमुख देवराज चौलागाई, पालिका अध्यक्ष एकराज उप्रेती लगाएत खेल सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*