हेटौंडा। हेटौंडामा भइरहेको बृहत दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा चैत्र ११ गते (आज) गायक दुर्गेश थापा आउने भएका छन्। साथै गायिका प्रतिमा अर्याल, गायिका रेस्मा बोम्जन, उद्घोषक प्रेरणा गिरी, र्यापर कृष्ण थापा मगर आउने छन। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा १० स्थित टिसिएनको चौरमा महोत्सव भइरहेको छ। महोत्सव फागुन २९ गते देखि चैत १४ गते सम्म हुनेछ।
सेयर गर्नुहोस्






















