मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा आजबाट सुरु

हेटौडा टुडे
२५ पुष २०७७, शनिबार १७:५२

हेटौंडा । मकवानपुरगढी गाउपालिका ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि को ३३ औं वार्षिक साधारणसभा आजबाट सुरु भएको छ ।

सस्थांको ३३ औं वार्षिक साधारणसभा मकवानपुरगढी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे उद्धघाटन गर्नु भएको थियो । आज पौष २५ गते सनिबार बाट सुरु भएको साधारण पुस २८ गते ४ दिन सम्म चल्ने छ ।

नोबल कोरोना भाईरस महामारीका कारण भिडभाड नहोस् र सामाजिक दुरि कायम होस भन्ने उदेश्यले भौतिक दुरि कायम गरि ४ दिन लगाएर साधारणसभा गर्न लागिएको संस्थाले जानएको छ ।

करिब ४ सय शेयर सदस्य भएका सो सहकारीको साधारणसभामा शेयर सदस्य नम्बरका आधारमा दैनिक करिब १०० जनाका दरले कार्यक्रममा उपस्थित हुन सस्थाले सेर सदस्यकरुलाई आह्वान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*