कुष्माण्ड सरोवरमा लाग्ने मकर मेलाको तयारि पुरा, भोलि देखि मेला सुरु

हेटौंडा टुडे
२९ पुष २०७७, बुधबार १९:३१

हेटौंडा /  मकवानपुरको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा बिकसित हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा एक महिने मकर मेला भोली माघ १ गतेबाट सुरु हुने भएको छ ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको त्रिवेणीधाममा हरेक वर्ष जस्तै भोली माघ १ गतेबाट हुन लागेको हो

धार्मिक  किम्बदंन्ती का अनुसार माघ १ गते सूर्य धनु राशी बाट मकर राशीमा प्रवेश गर्ने भएकोले मकर मेला मनाउन थालिएको हो । मकर मेला माघ महिनाभर लाग्ने मेला हो ।  मकर मेलामा हेटौंडाको त्रिवेणीधाममा टाडा टाडा बाट श्रद्धालु भक्त्तजनहरु पूजा गर्न आउने गर्दछन् ।  वि.स २०६६ सालबाट सुरु भएको यो मेला पछिल्ला वर्षहरुमा निकै लोकप्रिय बन्दै आईरहेको छ । कर्रा ,राप्ती र कुखरेनी खोला आर्थात तिन नदीको संगम स्थल त्रिवेणीधाममा लाग्ने मेलामा यस वर्ष एक महिना सम्म देवी भगवत कथा प्रवचन हुन कुष्माण्ड सरोवर त्रिवेणी धाम क्षेत्र विकास समितीका अध्यक्ष ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।  कोरोना भाइरस कोभिड १९ को जोखिमालाई मध्यनजर गर्दै यस वर्ष अनिवार्य माक्स र स्यानिटाईजरको प्रयोग गरी मात्र भक्तजन हरुलाई मन्दिर भित्र प्रवेश गराईने बताईएको छ ।

अध्यक्ष न्यौपानेका अनुसार मर्कर मेलाको तयारी अन्तिम चरणमा पुगेको र आज बाट पूर्णङ्गको कार्यहरु भएको र भोली माघ १ गते बिहानबाट पाठपारायण, देवी भगवत र १ सय ८ गँहुमुख धारको स्नान् सुरु हुनेछ ।
निरन्तर रुपमा एक महिना सम्म दिउँसोको समयमा हेटौंडा उपमहानगरपालिका साथै मनहरी गाउँपालिकाको कलाकारहरुले संगीतमय भजन प्रस्तुत गरिने छ ।  कुशको जराबाट उत्पति भएर उत्तरतिर बगिरहेको कैशावाही नदी ,नव दुर्गाको चौथो स्वरुप कुष्माण्ड भगवतीले तपस्या गरेर शिद्ध प्राप्त पून्य भुमि यहाँको प्रमुख विशेषता हो ।

साढे सात बिघा जमिनमा फैलिएको धार्मिक स्थलमा कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, १०८ गौमुखी धारा, कुष्माण्ड भगवतीबीचमा रहेको सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैँचा एवम् मठमन्दिर रहेका छन । साथै सरोवरको मध्ये भागमा रहेको कुष्माण्ड भगवतीको पूजा गर्न २ वटा डुंगा सञ्चालन भएपछि यस क्षेत्रको आकर्षण झनै बढदै गएको छ ।

माघे संक्रान्ति र कुष्माण्ड नवमीका दिन नुहाएर कुभिण्डो दान गर्न यहाँ भीड लाग्ने गर्दछ । त्रिवेणीधामको रूपमा परिचित यो धार्मिक क्षेत्रमा गौमुखी धारा नुहाउन, कुष्माण्ड सरोवरमा डुंगा चढ्न र पूजाआजसहित अवलोकन गर्न आउने गरेको न्यौपानेले बताउनुभयो ।

।पौराणिक मान्यताअनुसार रत्नावती राप्ती, कर्णावती ,कर्रा र कौशबाही ,कुखरेनी नदीको संगमस्थललाई स्कन्दपुराणमा नवदुर्गामध्येकी कुष्माण्ड भगवतीको सिद्धिक्षेत्र तथा क्रीडास्थलका रूपमा वर्णन गरिएकाले यो क्षेत्रको ऐतिहासिक धार्मिक महत्व रहेको किम्बदंन्ती रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*