
हेटौंडा/ मानव बस्तिमा बाँदरको जोखिम बढेपछि बाँदर नियन्त्रण गर्न रानी सामुदायीक वन उपभोक्ता समितिले जङ्गलमै फलफुलका बिरुवा रोप्ने निति बनाएको छ ।
रानी सामुदायीक वन उपभोक्ता समितीका नव निर्वाचित अध्यक्ष विष्णु न्यौपानेले बाँदर ब्यबस्थापनका लागी जंगलमा फलफुलको बिरुवा रोप्ने तयारी भैरहेको बताउनुभयो । उहाँले आफु निर्वाचित भएपछि बाँदर ब्यबस्थापन गर्ने बताउनु भएको थियो ।
मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ , वडा नम्बर ४ र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा क्षेत्र समेटिएको रानी सामुदायीक वन उपभोक्ता समिति अन्र्तगको जङ्गलबाट बस्तिमा बाँदर छिर्ने समस्या रहदै आएको छ । बाँदर बस्तिमा छिरेर बाली नाली नाश गर्ने समस्या समाधान गर्दे बाँदर नियन्त्रण गर्न अध्यक्ष न्यौपानेले जंगलमै फलफुलका बिरुवा रोप्ने तयारी गर्नुभएको हो ।
जङ्गलमै फलफुलका बिरुवा रोपेपछि बाँदर बस्तिमा नजाने भन्दै फलफुलका बिरुवा रोप्ने लागीएको अध्यक्ष न्यौपानेले बताउनुभयो । समिति भित्रको वन क्षेत्रलाई ७ वटा ब्लकमा विभाजन गरी प्रत्येक ब्लकमा कम्तिमा एक सय वटा फलफुलका बिरुवा रोपिने बताईएको छ । आगामी असारमा फलफुलका बिरुवा रोप्नेगरी बिरुवाको ब्यबस्थापन गर्ने काम भैरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

